एसीसी पुरुष यू–१६ क्रिकेट : सेमिफाइनलमा मलेसियाविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै छ ।

नेपालका कप्तान विपिन प्रसाद शर्माले टस जितेर बलिङको गर्ने निर्णय गर्दै मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । सेमिफाइनल खेल बिहान ७ः४५ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु भइसकेको छ ।

प्रतियोगिताको समूह ‘ए मा’ रहेको नेपाल समूह विजेता हुँदै सेमिफाइनल खेलेको हो । मलेसिया भने समूह ‘बी’ को उपविजेता हो । नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।

त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो । उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो ।

आजै हुने अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता थियो । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) गते हुनेछ । फाइनलमा कुन–कुन राष्ट्र भिड्ने भन्ने आजै हुने दुई खेलका विजेताबाट निर्धारण हुनेछ ।

प्रतिक्रिया