‘साओमी–१४ टी’ को मूल्य घट्यो

काठमाडौँ । विश्वभर चर्चित प्रविधि ब्रान्ड साओमीले आफ्नो प्रिमियम स्मार्टफोन ‘साओमी– १४ टी’ को मूल्य उल्लेख्य रूपमा घटाएको घोषणा गरेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागसिप प्रदर्शन रहेको छ ।

लाइका ट्रिपल क्यामेरा र १४४ हर्ज एमोलेड डिस्प्ले रहेको कम्पनीले जनाएको छ । ‘साओमी– १४ टी’ स्मार्टफोन नयाँ मूल्य १२ जिबी + ५१२ जिबीको ५९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यो टाइटन ब्ल्याक, ग्रे र ब्लु ३ आकर्षक रङमा उपलब्ध छ ।

प्रतिक्रिया