ढल व्यवस्थापन नहुँदा काठमाडौं–२५ बांगेमूढा मार्ग जलमग्न (तस्विरहरू)

काठमाडौं । वर्षाको कारण काठमाडौं महानगरपालिका– २५ अन्तर्गत बांगेमूढा थाहिथि चन्द्रमानसिंह मार्ग जलमग्न भएको छ । एक वर्ष अगाडि मात्र ढल व्यवस्थापनको काम गरिएको सो सडक वर्षा भएसँगै ढल जाम भएर जलमग्न भएको हो ।

सडक जलमग्न भएसँगै यात्रा गर्ने सर्वसाधारण र स्थानीयले सास्ती भोग्नुपरेको छ । ढल व्यवस्थापनको काम राम्रोसँग नहुँदा र पानीको निकास रोकिँदा सो सडक जलमग्न भएको हो ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया