यस्तो बन्यो ऐतिहासिक खुल्ला मञ्च (तस्बिरहरू)

नेपालको राजनीतिक परिवर्तनको साक्षी बनेको ऐतिहासिक खुल्लामञ्च अहिले दुबो हरियाली भएको छ । १० महिना अगाडी काठमाडौं महानगरपालीकाले यहाँ दुबो रोपेको थियो । विभिन्न समयमा फरक फरक प्रयोजनका लागि प्रयोग र अतिक्रमण गरिएको खुल्लामञ्चले अहिले फरक स्वरूप लिएको छ ।

काठमाडौँ भ्युटावर निर्माणको समय बसपार्क र पसल सञ्चालन गरिएको खुल्लामञ्च वीर अस्पतालको नयाँ भवन निर्माण गर्दा निर्माण सामग्री राख्ने र कामदारहरु बस्ने क्वाटर सम्म बनेको थियो । काठमाडौँ महानगरपालीकाको भूमिगत पार्किङ बनाउने विवादित योजना पछि अहिले दुई वटा खेल मैदान सहितको पार्क निर्माणको काम भइरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रतिक्रिया