‘यानीमाया’बाट अञ्जनाको डेब्यु

काठमाडौँ । विगत १ दशकदेखि मोडलिङमा सक्रिय मोडल अञ्जना पुनः चलचित्र अभिनयमा डेब्यु गर्ने भएकी छन् । चलचित्र ‘यानीमाया’बाट उनले अभिनयमा डेब्यु गर्न लागेकी हुन् । चलचित्रको निर्माण अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल शाह चलचित्रस’बाट गर्न लागेका हुन् । पलले पनि यसै चलचित्रमार्फत निर्माणमा हात बढाउन लागेका हुन् ।

अञ्जना एक स्थापित मोडेल हुन् । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’मा सहभागी हुँदै उपाधिसमेत हात पारेकी थिइन् । उनी गत वर्षकी ‘मिस नेपाल’ प्रतियोगी पनि हुन् । जसमा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ उपाधि जित्न सफल भएकी थिइन् ।

मोडलिङमा उनले ‘बधाई तिमीलाई’, ‘ना छोएर यौवन काटियो’, ‘मायालाई पाको पात’, ‘आगो लाग्यो’, ‘१०० प्रतिशत सही हो’, र ‘आँखैले बोलन’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् । यीमध्ये केही गीतको भिडियोमा उनको जोडी पल शाह नै छन् ।

विकास सुवेदीको लेखन तथा निर्देशन चलचित्र पारिवारिक कथामा निर्माण हुन लागेको हो । साउनबाट छायांकन सुरु हुने चलचित्र बागलुङको ढोरपाटन र हङकङका रमणीय स्थानमा खिचिनेछ । चलचित्र निर्माणमा पललाई चन्द्रज्योति आलेले सहकार्य गर्दैछिन् ।

प्रतिक्रिया