अभिनेत्री शेफालीको निधन

नयाँ दिल्ली । बलिउड अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ । ४२ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको जनाइएको छ । मृत्युको कारण अझै स्पष्ट भएको छैन । उनी अन्धेरीको लोखण्डडवाला क्षेत्रमा बस्थिन् ।
शेफालीको मृत्युको खबरले टिभी र चलचित्र जगत्का सेलिब्रेटीहरूले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे । उनी ‘काँटा लगा’ म्युजिक भिडियोबाट चर्चामा आएकी थिइन् ।

त्यतिबेला उनी इन्जिनियरिङ पढ्दै थिइन् । उनका बुबा चार्टर्ड अकाउन्टेन्ट थिए र आमा स्टेट बैंक अफ इन्डियामा काम गर्थिन् । धेरै वटा म्युजिक भिडिओमा काम गरेकी उनी ‘मुझसे शादी करोगी’लगायतका केही चलचित्रमा पनि देखिएकी थिइन् ।

सन् २०२० मा शेफाली रियालिटी सो बिग बोसको १३औँ सिजनमा पनि देखिएकी थिइन् । शेफाली र सिद्धार्थ शुक्लाको जोडीलाई फ्यानहरूले धेरै मन पराए । उनले ‘नाच बलिए’जस्ता डान्स रियालिटी सोमा पनि भाग लिएकी थिइन् । यस कार्यक्रममा उनी पराग त्यागीसँग देखिएकी थिइन् ।

शेफालीले धेरै अन्तर्वार्तामा किशोरावस्थामा आफूलाई मिर्गी रोग लागेको बताएकी थिइन् । यो एक स्नायु विकारको रोग हो । उनी लगभग एक दशकसम्म यसको उपचार गराइरहेकी थिइन् ।

उनले आत्मविश्वास धेरै घटेको तर योग र फिटनेसमार्फत आफूलाई सम्हालेको बताएकी थिइन् ।

प्रतिक्रिया