मदन भण्डारीको ७४औँ जन्मजयन्तीमा पाँचथरमा वृक्षारोपरण

पाँचथर । जननेता मदनभण्डारी को ७४औँ जन्मजयन्तीको अवसरमा पाँचथर एमाले र राष्ट्रिय युवासंघ नेपालले वृक्षारोपण गरेको छ । सो अवसरमा पाँचथर एमाले र राष्ट्रिय युवासंघ नेपालले शनिबार विभिन्न जातका बिरुवा रोपेर ७४औँ मदन भण्डारी जन्मजयन्ती मनाएको हो ।

सो अवसरमा राष्ट्रिय युवासंघ नेपाल पाँचथरका कार्यकर्ताले फिदिम नगरपालिका– ४ डाँडागाउँमा ५०० बिरुवा रोपण गरेका छन् । मदन भण्डारी फाउण्डेशनको आयोजनामा फिदिम– २ रमितेमा २५० बिरुवा रोपेको एमाले जिल्ला सचिवालय सदस्य युवा नेता जलकुमार तामाङले जानकारी दिए ।

सो बिरुवा सिरिस, चिउरी, सिसौ, फडिरका बिरुवा जातका रोपिएको जनाइएको छ । वृक्षारोपणमा एमाले प्रदेश, जिल्ला, युवासंघ का केन्द्र र जिल्लालगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया