काठमाडौँ । यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ ३–एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) भएको सोरुम ‘मोटो क्राफ्ट्स प्रालि’ को उद्घाटन गरेको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एवं विशेष अतिथिहरू एमएडब्ल्यु ग्रुप अफ कम्पनिजका समूह निर्देशक गोपालकुमार अग्रवाल र एमएडब्ल्यु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सिइओ दीपककुमार अग्रवालको उपस्थितिमा सोरुमको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रममा टोखा–९ का वडा अध्यक्ष रामभक्त घिमिरेलाई अतिथिका रूपमा स्वागत गरिएको थियो ।
आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रालिले अब यामाहाको विश्वसनीय ३–एस अनुभव एकै छानामुनि उपलब्ध गराउने छ, जहाँ ग्राहकहरूले बिस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पाट्र्सहरू एकै स्थानमा पाउन सक्नेछन् ।
यस नयाँ सोरुमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ । अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पाट्र्स पाउन सक्नेछन् । एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, इनोभेसन र ग्राहक सन्तुष्टिको प्रतिबद्धतामार्फत नेपाली २ पांग्रे बजारको अगुवाइ गर्दै आएको दाबी गरेको छ ।
प्रतिक्रिया