काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासतर्फ महत्वपूर्ण कदम चाल्दै इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आइएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन् ।
साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालनसम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुका साथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्सजस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवद्र्धन गर्ने गरी २ मुख्य क्षेत्रहरूमा आफ्नो पहल केन्द्रित गर्नेछ । यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार ग्राहकहरूको दीर्घकालीन हितलाइ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया