नेपालमा हिमाल आरोहणबाट लगभग १ अर्ब आम्दानी हुन्छ, बर्सेनि । त्यसको ८० प्रतिशत आम्दानी वसन्त ऋतुमा हुने गर्छ । किनभने, अन्य हिमाल हेरिकन सगरमाथा हिमालबाट नेपाल सरकारले पर्वतारोहीबाट धेरै सलामी लिने गर्छ । हुन पनि वसन्त ऋतुमा पर्वतारोहणबाट आम्दानी हुने रोयल्टीमध्ये ९०–९२ प्रतिशतसम्म सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीलाई अनुमतिपत्र दिएवापत प्राप्त हुन्छ ।
विश्वका पवर्तारोहीमाझ सगरमाथा हिमाल आरोहण गर्नमा छुट्टै आकर्षण रहने गरेको छ । यसो हुनुको कारण हो, सगरमाथा हिमाल पृथ्वीमा रहेका हिमालमध्ये सबैभन्दा अग्लो (८ हजार ८४८ दशमलव ८६ मिटर) हुनु । सगरमाथा आरोहणका लागि विश्वभरिका पर्वतारोहीहरू आफ्नो जीवनकालमा एकपटक भए पनि सफल आरोहण गर्नका लागि मरिहत्ते गर्ने गर्छन् । यद्यपि नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगन्य रहेको छ ।
तर, यो लेखमा नेपाली पर्यटनको पनि पर्वतारोहण क्षेत्रबाट हुने आम्दानी बारेमा छोटो चर्चा छ । त्यसमा पनि सगरमाथा हिमालबाट हुने रोयल्टी अर्थात् सलामी दस्तुरका विषयमा केन्द्र्रित । नेपालमा वसन्त ऋतु र शरद ऋतुमा बढी पर्वतारोहण हुने गर्छ । सगरमाथामा चाहिँ वसन्त ऋतुमा बढी आरोहण गर्ने गरिन्छ । नेपालमा हिमाल आरोहणबाट लगभग १ अर्ब आम्दानी हुन्छ, बर्सेनि । त्यसको ८० प्रतिशत आम्दानी वसन्त ऋतुमा हुने गर्छ । किनभने, अन्य हिमाल हेरिकन सगरमाथा हिमालबाट नेपाल सरकारले पर्वतारोहीबाट धेरै सलामी लिने गर्छ । हुन पनि वसन्त ऋतुमा पर्वतारोहणबाट आम्दानी हुने रोयल्टीमध्ये ९०–९२ प्रतिशतसम्म सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीलाई अनुमतिपत्र दिएवापत प्राप्त हुन्छ ।
पछिल्लो पटकको तथ्यांक हेर्दा वसन्त ऋतुमा कम्तिमा ६३ करोडदेखि ६७–७१ करोड रुपैयाँसम्म योगदान सगरमाथा हिमाल एक्लैको रहने गरेको छ ।
सन् २०२२ ताका भर्खरै कोरोना महामारी सकिएको अवस्थामा पनि नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि सो वर्षको वसन्त ऋतुमा नेपाल आएका विदेशी पर्वतारोहीहरूबाट नेपाल सरकारलाई रोयल्टीवापत मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ प्राप्त भएको थियो । त्यसमा ६६ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सगरमाथाको सलामीवापत मात्रै प्राप्त भएको थियो । त्यस्तै गरेर सन् २०२३ को वसन्त ऋतुमा नेपालका हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूले ७६ करोड चानचुन सलामी दस्तुर बुझाएका थिए, नेपाल सरकारलाई । उक्त रमकमध्ये ६६ करोड ६४ लाख २० हजार रकम त सगरमाथा आरोहणका लागि तिरेको रकम रहेको थियो भने सन् २०२४ को वसन्त ऋतुमा पनि नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूले ६७ करोड ४७ लाख १४ हजार सलामीवापत पर्यटन विभागलाई विदेशी मुद्रा तिरेका थिए । त्यसमा ५९ करोड २३ लाख ५ हजार ८४९ रुपैयाँ बराबरको विदेशी मुद्रा त सगरमाथा एक्लैले कमाएको थियो ।
पछिल्लो तथ्यांकअनुसार यस वर्ष (सन् २०२५/विसं २०८२) को वसन्त ऋतुमा पनि नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूले रितेको राजस्व अर्थात् सलामी दस्तुर ६३ करोड ८२ लाख ९४ हजार चानचुन रहेको छ । त्यसमा पनि सगरमाथा हिमाल एक्लैको योगदान ५५ करोड ४९ लाख ९० हजार रहेको देखिन्छ । यसमा अरू बढी सलामी दस्तुर थपिएको हुन सक्छ । किनभने, माथिको तथ्यांक लगभग १७, १८ दिन अघिको हो । (तथ्यांक स्रोतः पर्यटन विभाग)
माथि उल्लेख गरिएको तथ्य–तथ्यांक हेर्दा नेपालमा हालसम्म आरोहणका लागि खुल्ला गरिएका ४७६ वटा हिमालहरूमध्ये सगरमाथामा नै धेरैजसो पर्वतारोहीहरूको आकर्षण रहेने गरेको छ । यसो हुनु स्वभाविक पनि छ । किनभने, सगरमाथा विश्वकै अग्लो हिम चुचुरोका रूपमा रहेको छ । त्यसैले त यो हिमाल आरोहणका लागि पछिल्लो समय विश्वका धेरैभन्दा धेरै पर्वतारोहीहरूको ठूलो संख्या भिड आकर्षित भइरहेको देख्न सकिन्छ । मतलव पेसेवर पर्वतारोहीहरूभन्दा पनि सगरमाथा हिमाल विश्वकै अग्लो भएकोले जसरी पनि सगरमाथा हिमाल चढेरै छाड्ने भनी जिद्धिपना लिएर आएका, जिद्धि मानसिकता बोकेका मानिसहरूको भिड अस्वभाविक रूपमा बढेको देखिन्छ । फलतः कतिपय सगरमाथा आरोहीहरूको अमूल्य जीवनसमेत जोखिममा पर्ने गरेको देखिन्छ ।
हालसम्म विश्वका मान्यता प्राप्त ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा हिमाल त हाम्रै देश नेपालमा रहेका छन् । जुन ६० प्रतिशत हुन आउँछ । अर्को अचम्मको कुरो भनेको ती ८ हजार मिटरभन्दा माथिका १४ वटा नै हिमाल एसिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिम–पूर्व फैलिएको छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एकतिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथादेखि लिएर हालसम्मको ८ हजार मिटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८ हजार १३ मिटर भएको) सम्म रहेका छन् ।
पछिल्लो समय सगरमाथाको उचाइ पनि केही सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको तथ्य सार्वजनिक भइसकेको छ । स्मरण रहोस्, यसअघि सगरमाथाको ८ हजार ८४८ दशमलव ४८ मिटरलाई आधिकारिक उचाइ मान्ने गथ्र्यो नेपालले । उता छिमेकी चीनले चाहिँ ८ हजार ८४८ दशमलव ४४ मिटरलाई आधिकारिक मान्ने गथ्र्यो । पहिलोपटक सगरमाथा हिमालमा मानव पाइला सन् १९५३ मे २९ मा परेको थियो । त्यसमा एक थिए, न्युजिल्यान्डका सर एडमन्ड पर्सिभल हिलारी अर्का थिए नेपालका तेन्जिङ नोर्गे शेर्पा । ती २ जनाले विश्वकै अग्लो हिम चुचुरो सगरमाथा हिमालको शिरमा पाइला राख्ने वीर पुरुष अथवा भनौँ महामानवका रूपमा आफ्नो नाम अजर अमर बनाए । विश्व प्रथम मानवका रूपमा विश्व इतिहास कायम गरे ।
सगरमाथा हिमाल आरोहणमा विश्व कीर्तिमानको कुरो गर्दाखेरि यस वर्षको वसन्त ऋतुमा नेपालका पवर्ततारोही कामीरिता शेर्पाले ३१औँ पटक, नेपालकै अर्का पर्वतारोही पासाङ (पादावा) शेर्पाले २९औँ पटक सगरमाथा हिमाल आरोहण गरेर सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने पहिलो र दोस्रो पर्वतारोही बन्नुभएको छ । त्यस्तै गरेर बेलायतका पर्वतारोही केन्टन कुलले विश्वकै अग्लो हिमाल सगरमाथा १९औँ पटक सफलतापूर्वक आरोहण गरेर सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विदेशी पर्वताराहोको कीर्तिमान बनाउनुभएको छ ।
प्रतिक्रिया