काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।
विशेष अदालतको आदेशपछि उनी धरौटी बुझाएर पूर्वप्रधानमन्त्री नेपाल बुधबार नै घर जान पाउनेछन् ।
प्रतिक्रिया