ओमिक्रोनको ५ नयाँ सब–भेरियन्ट पुष्टि

नयाँ भेरिन्टले महामारी नआउने स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौँ । नेपालमा ओमिक्रोनको ५ नयाँ सब– भेरिएन्ट पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ परीक्षण गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सब–भेरिएन्ट पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब–भेरिएन्ट पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले सबै प्रदेशमा ओमिक्रोन देखिएका १४ वटा नमुनामा परीक्षण गर्दा ओमिक्रोनको ५ वटा नयाँ सब–भेरियन्ट देखिएको जानकारी दिए ।
उनका अनुसार हालै भेटिएका सब–भेरियन्टहरू संक्रामक भए पनि कम घातक छन् । पुष्टि भएकामा ७ वटा लिनेज एक्सएफजी, ३ वटामा एक्सएफजी, एउटामा एक्सएफजी ३ दशमलव १ र २ वटामा जेएन १ भेटिएको छ ।

‘पछिल्लो भेरिन्टका कारण आत्तिनुपर्ने अवस्था छनै, तर, सचेत भने हुनपर्छ’, उनले भने । पछिल्लो भेरियन्टले कुनै पनि प्रकारको महामारी फैलाउन नसक्ने पनि उनले बताए । उनका अनुसार पहिला खोप लगाएकालाई जोखिम हुँदैन । तर, ज्येष्ठ नागरिक र दिर्घरोगीलाईसचेत हुन् उनले सुझाए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले भारतबाट आउने नाकाहरूमा स्वास्थ्य परीक्षण गर्न आवश्यक प्रबन्ध मिलाएको छ ।

ओमिक्रोनको सब–भेरिएन्ट कोभिड–१९ गराउने सार्स कोभ–२ भाइरसको ओमिक्रोनको विकसित रूप हुन् । भाइरस लगातार अनुवंशिक रूपमा परिवर्तन (म्युटेट)भइरहन्छ । परिवर्तन भएर आएका भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनादेखि २५ जिल्लामा १६७ कोरोना भाइरसका पुष्टि भएको छ । कोरोना संक्रमण सबैभन्दा बढी बागमतीमा १३१, कोसीमा ४, मधेसमा ५, गण्डकीमा ३ र सुदूरपश्चिम प्रदेशमा २१ जनामा देखिएको छ ।

प्रतिक्रिया