रेखाको ‘दोस्रो अध्याय’ आउँदै

काठमाडौँ । अभिनेत्री रेखा थापाले युट्युबमा नयाँ कार्यक्रम लिएकी छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत कार्यक्रम ‘दोस्रो अध्याय’ सुरु गरेकी हुन् ।

यस कार्यक्रमको पहिलो एपिसोड बिहीबार मात्रै सार्वजनिक गरिएको छ । पहिलो भागमा रेखाले ‘गर्भवती महिलालाई के ज्ञान वा के शिक्षा चाहिन्छ ?’ भन्ने विषयमा रहेर डा.ज्योत्सना शर्मा तिवारीसँग कुराकानी गरेकी छन् । जसमा गर्भावस्था, मातृत्व र शिक्षाबारे कुराकानी समेटिएको छ ।

‘दोस्रो अध्याय केबल एक कार्यक्रम होइन, यो मेरो यात्रा हो । र, ती सबै आमाहरूको, जसको जीवन आमा भएपछि नयाँ बाटोमा हिँड्छ । यो शृंखलामा, म डाक्टरहरूसँग, आमाहरूसँग र जीवनका विभिन्न पाटोहरूसँग जोडिएका पात्रहरूसँग कुराकानी गर्छु । गर्भधारणदेखि प्रसूति र आमाको आत्मबलसम्म–सबै कुरा खुल्दुली पाराले’ कार्यक्रम ल्याउँदै रेखाले भनेकी छन् ।

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रेखाको डेब्यु नाटक ‘मीरा’ समेत मञ्चन भइरहेको छ ।

प्रतिक्रिया