काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार, ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रूपमा सेवा प्रदान गर्नेछ ।
आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले आफ्ना शाखा कार्यालयहरूबाट आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्नेछ ।
प्रतिक्रिया