काठमाडौँ । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बंगलादेशको चट्टग्राममा ‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ । ‘गन्तव्य नेपाल ः बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित नेपाल र बंगलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने योजनासहित सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल–बंगलादेश सम्बन्धको आधारशिला भएको उल्लेख गरे । नेपाल पर्यटन बोर्डको तर्फबाट पर्यटन प्रवद्र्धन विभागका कार्यवाहक निर्देशक रोहिणीप्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथा गन्तव्यहरूबारे प्रस्तुति दिए ।
बंगलादेशका ट्राभल व्यवसायी संस्थाहरू एसोसिएसन अफ ट्राभल एजेन्ट्स अफ बंगलादेश (एटिएबी) तथा टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश (टिओएबी) चट्टग्राम शाखाका अध्यक्षहरूले नेपालसँगको पर्यटन सहकार्यमा बढ्दो विश्वास, व्यापारिक साझेदारी र भविष्यका सम्भावनाहरूको चर्चा गरेका थिए ।
प्रतिक्रिया