सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणलाई हैरानी

काठमाडौं । सार्वजनिक यातायात बन्द भएपछि आज सोमबार काठमाडौंको गोंगबु बसपार्क क्षेत्रमा सर्वसाधारणलाई हैरानी भएको छ । हिजो आइतबार सार्वजनिक यातायात व्यवसायीले गाडी ग्यारेजमा थन्काएर आजदेखि यातायात सेवा ठप्प पार्ने घोषणा गरेका थिए ।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले आजदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने आज आइतबार घोषणा गरेका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।

गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित नीजि सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै व्यवसायीहरु आन्दोलित छन् ।

प्रतिक्रिया