काठमाडौँ । सस्तोमा इन्टरनेट सेवा दिंंदै आएको इन्टरनेट प्रदायक कम्पनी वाईफाई नेपालले चितवनमा सेल्स एजेण्ट भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चितवनका सेल्स एजेण्टलाई कम्पनीको सेवा र योजनाको बारेमा जानकारी दिने उद्देश्यसहित शनिबार भरतपुरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
सो अवसरमा कम्पनीले आफ्नो नयांँ अफर ‘सेन्चुरी प्याक’ समेत सार्वजनिक गरेको थियो । कार्यक्रममा प्रस्तुतिकरण दिंदै कम्पनीका चितवन युनिट इन्चार्ज रजतमान श्रेष्ठले सेवा शुरु गरेसंँगै वाईफाइ नेपालले ग्राहकको मन जित्न सफल भएको बताए । श्रेष्ठले भने, ‘हामी चारबर्ष भित्रमानै नेपालकै शिर्ष १० स्थानमा पर्न सफल भएका छौँ, भने ग्राहक बनाउने सवालमा चौथो स्थानमा छौं ।’
आगामी दिनमा कम्पनीको सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय सेवाका साथै सस्तो मुल्यमा इन्टरनेट वितरण गर्ने उद्धेश्यकता साथ कम्पनी अघि बढेको इन्चार्ज श्रेष्ठको भनाइ थियो ।
उनले सेन्चुरी प्याक अफरको बारेमा जानकारी दिंँदै २ वर्षको लागि १५ हजार ७०७ मै प्याकेज, १०० एमबीपीएस स्पीडका साथ २ महिना बोनस, निःशुल्क जडान खर्च तथा फाईभी जी राउटर सित्तैमा उपलब्ध गरिएको बताए ।
‘हाम्रो टार्गेट ठूला सेवाग्राही र संस्थाहरु नभई मध्यमस्तरका ग्राहकलाई लक्षित गर्दै सेवा दिंँदै आएका छौं’, उनले भने, ‘सस्तो र फाष्ट इन्टरनेटकै कारण हाम्रा ग्राहक बढेका हुन् ।’
आगामी दिनमा चितवनका दुर्गम तथा इन्टरनेट पहुंँच नपुगेका ठाउंँहरुमा सेवा विस्तार गर्दै जाने योजना रहेको टांँडीका इन्चार्ज उत्तम रिमालले जानकारी दिए । कम्पनीले देशका अधिकांश जिल्लामा सेवा विस्तार गरिसकेको छ ।
सो अवसरमा सेल्स एजेण्टहरुले कम्पनीको थप सेवा विस्तार गर्नुका साथै छिटो छरितो सेवा दिन सुझाव दिएका थिए । कार्यक्रममा चितवनका मात्रै ३० भन्दा बढी सेल्स एजेण्ट सहभागी भएका थिए ।
नेपालभरी ७५ हजारभन्दा धेरै ग्राहक संख्या भएको वाइफाई नेपालको चितवनमा भने छोटो समयमा धेरै ग्राहकको मन जित्न सफल भएको दाबी गरेको छ ।
प्रतिक्रिया