सहकारीबाट कर्जा लिएर नतिरेपछि एमाले नेता पक्राउ

काठमाडौँ । सहकारीलाई ठगी गरेको आरोपमा एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अर्याललाई सोह्रखुट्टेबाट पक्राउ गरेको हाे ।

अर्याल नेकपा एमालेको उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटिका इन्चार्ज हुन् । काठमाडौँको दिगो पर्यटन सहकारी संस्थाबाट कर्जा लिएर नतिरेको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौँले एक वर्ष कैद र बिगो तिराउने फैसला गरेको थियो ।

सहकारीले कर्जा रकम दिलाइ पाउँ भन्दै प्रहरीमा जाहेरी दिएको थियो । २०७४ साल जेठमै सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ लिएका अर्याल ऋणा तिर्न अट्टेर गर्दै बसिरहेका थिए ।

सहकारीले पटक पटक ताकेता गर्दा पनि नतिरेपछि यो मुद्दा अदालत पुगेको अदालतले उनलाई दोषि ठहर गर्दै एक वर्ष कैद र बिगो बापतको साढे ११ लाख रुपैयाँ भराउने फैसला गरेको थियो ।
जिल्ला अदालत काठमाडौँले २०८० असारमा उक्त फैसला गरे पनि अर्यालले तिरेका थिएनन् ।

प्रतिक्रिया