काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४१ प्रतिशतले नाफा वृद्धि गर्दै १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ । यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनका धेरै नाफा कमाउने केही मध्ये एक इनोभेटिभ अटोमेकर कम्पनीहरूको श्रेणीमा उभ्याएको छ ।
कम्पनीको बिक्री रेभेन्यू पनि पहिलो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको छ, जसको मुख्य कारण यसको नवीन, ऊर्जा–कुशल सवारीहरूको मागमा भएको वृद्धि हो । नवप्रवर्तन, दिगोपन र ग्राहकमुखी डिजाइनमा प्रतिबद्ध सेरेसले स्मार्ट मोबिलिटी समाधानहरूमा विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मेल खाने गरी नयाँ उचाइहरू छुने काम गरिरहेको छ ।
आय विवरण सार्वजनिक भएपछि सेरेसको सेयर मूल्य ३५ ले बढेको छ जसले लगानीकर्ताहरूको कम्पनीप्रति रहेको विश्वास झल्काउँछ। आगामी दिनहरूमा सेरेसले अझ बढी रेन्ज, पर्फर्मेन्स र स्मार्ट फिचर भएका नयाँ गाडीहरू सार्वजनिक गर्ने योजना बनाएको छ ।
यी सुधारहरूले चीनको कार्बन न्युट्रालिटी लक्ष्यमा योगदान गर्ने कम्पनीको मिसनलाई सहयोग गर्दछन् । विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सेरेसले सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा गरेको छ। यसले चीनबाहिर पनि विद्युतीय सवारीको रूपान्तरणमा सेरेसको अग्रणी भूमिकालाई पुष्टि गर्दछ ।
यसका साथै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जितेर न्यू इनर्जी भेहिकल बजारमा आफ्नो उत्कृष्टता र नवप्रवर्तन क्षमतालाई पुनः प्रमाणित गरेको छ । चीनको लक्जरी सवारी सेग्मेन्टमा पनि सेरेसले बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूलाई पछि पार्दै अग्रता लिएको छ । सेरेस ग्रुपले अग्रगामी र भविष्यमुखी रणनीतिमा केन्द्रित भई चीन तथा विश्वव्यापी ईभी उद्योगमा आफ्नो प्रमुख भूमिका कायम राख्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया