एभरेस्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा

काठमाडौँ । एभरेस्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका–६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन समारोहमा कमलामाई नगरपालिका–६ का वडाध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरूलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको हो । शाखाको विस्तारसँगै सिन्धुलीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया