विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त

काठमाडौं । अर्थविद् डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन् । सरकारले मंगलबार डा. पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए । उनी नेपाल राष्ट्र बैंककाे १८औँ गभर्नर बनेका हुन् ।

अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । तर पनि पौडेल गभर्नर बन्ने यसअघि नै पक्का भइसकेको थियो ।

मंगलबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो ।

प्रतिक्रिया