गभर्नर सिफारिस समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि सिफारिस समितिको बैठक बोलाइएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

ओली र देउवाबीचको छलफल आज मंगलबार बालुवाटारमा भएको थियो । उक्त छलफलको बीचमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । लामो समयदेखि रिक्त रहेको गभर्नर सरकारले अहिलेसम्म नियुक्त गरेको छैन ।

प्रतिक्रिया