हुम्लाकाे तिलगाउँमा लेदोसहितको पहिरो, १८ परिवारलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा जेठ १ र २ गते लेदोसहितको पहिरोका कारण १८ घरधुरी जोखिममा परेका छन् । ५० घरधुरी रहेको गाउँमा १८ घरधुरी जोखिममा रहेको छ भने त्यहाँ बस्ने ३२ जना उच्च जोखिममा रहेको जिल्ला प्रशासनले जनाएको छ । उनीहरूहरुलाई अहिले सुरक्षित ठाउँमा सारिएको छ ।

गाउँभन्दा करिब १५ किलोमिटर माथि हरेको ताल फुटेका कारण लेदोसहितको पहिरो आएको आशंका गरिएको छ । तर, बाढीको यकिन कारण भने अझै पत्ता लागेको छैन । सशस्त्र प्रहरी बलले संकलन गरेको क्षति विवरणअनुसार पहिरोले नाम्खा–६ तिल्चुङ खोलाका ५ वटा काठका पुल बगाएको छ भने केही घर स्थानीय जलविद्युत, तथा सिँचाइ र खानेपानीको संरचनामा पनि असर पु¥याएको छ ।

प्रतिक्रिया