काठमाडौं । गायक हरिदत्त फुलाराले ‘यदी तिमी नेपाली हौ भने’ नामको गीत ल्याएका छन् । एक दिनअघि युट्युबमा सार्वजनिक गरेको ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको आफ्नो परिवारको खुशीको लागि युवा पुस्ता विदेशीनुपर्ने बाध्यतालाई मर्मश्पर्शी ढंगले प्रस्तुत गरिएको उनले बताए ।
उक्त भिडियोको सफलता पश्चात ‘यदि तिमि नेपाली हौ भने’ बोलको अर्को देशभक्तिपूर्ण र हृदयश्पर्शी गीतको भिडियो रहेको उनको भनाइ छ ।
हरिदत्त फुलरा र लवनी चक्रवतीको स्वर, मित्र केसीको शब्द र संगीत रहेको गीतको भिडियोमा गायक र गायिकाले नै अभिनय गरेका छन् । अभया चौधरीको छायांकन रहेको भिडियो नारायण मगरले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया