अनेमसंघ समाजवादीको सम्मेलन जारी, महिला आन्दोलनका अगुवालाई सम्मान

काठमाडौं । ‘समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गरौँ’ भन्ने नाराका साथ अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनको पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् । उद्घाटनके अवरमा अध्यक्ष नेपालले महिला आन्दोलने समाज परिर्वतमा महत्पूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘नेपालको हरेक राजनैतिक र समाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुल्य छ, यसलाई कसैले पनि विर्सन सक्दैन ।’ कार्यक्रममा नेकपा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले महिला समाज र राजनीतिक परिवर्तनको महत्वपूर्ण हिंसा रहेको बताए ।

त्यस्तै बरिष्ट उपाध्यक्ष राजेन्द्र पाण्डले समेत सम्मेलन सफलताका शुभकामना दिएका थिए । सम्मेलनको उद्घाटन सत्रमा नेपाली कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गरिको छ ।

२००८ सालमा गठन भएको अनेमसंघको अध्यक्ष स्नेलता श्रेष्ठ, महिला आन्दोलनको अगुवा राधा ज्ञवाली, शुशिला श्रेष्ठ र जिवन कुमारी घिमिरेलाई अध्यक्ष नेपाल र सम्मानीत नेता खनालले सम्मान गरेका थिए । आइतबारसम्म चल्ने सम्मेलनमा देशभरबाट ५ सय ९८ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा पार्टीकी उपाध्यक्ष जयन्ती राईको अध्यक्षता रहेकाे छ ।

प्रतिक्रिया