६ महिनाको शिशु मृत फेला, १५ वर्षीया बालिका पक्राउ

पाँचथर । घर नजिकैको शौचालयमा शिशु मृत फेला परेपछि एक १५ वर्षीया बालिकालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । करिब ६ महिनाको शिशु मृत फेला परेपछि आफन्तको घरमाबसी कक्षा ९ मा अध्ययनरत बालिकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रुपेश तामाङले बताए ।

सो घटनाको अनुसन्धान गर्न थप एक जनालाई गिरफ्तार गरी अनुसन्धान थालिएको निरीक्षक तामाङले जानकारी दिए । मृतक शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको छ । पक्राउ परेकी बालिका जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्ता खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया