काठमाडौँ । काठमाडौं महानगरपालिका-२४, मखनटोलस्थित महादेव चोकमा बुधबार बिहान एउटा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास (लिंक) चुहिएर आगलागी भएको हो ।
आगलागीमा परी मृत्यु हुने महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएको छ ।
प्रतिक्रिया