काठमाडौं । गायक टेकेन्द्र बोहरा र गायिका शान्ति श्री परियारको आवाजमा ‘डाँडै काट्यौ र माया’ बोलको गीतको भिडियो आएको छ । उक्त गीतको भिडियो केही दिनअघि लोमश शर्मा नाम गरेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा गायक टेकेन्द्र बोहराकै शब्द रचना र संगीत रहेको छ भने कृष्ण विक भान्जाले संगीत संयोजन गरेका हुन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा श्यामस्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गीतको मौसम हिमालीले कोरियोग्राफर र निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन तथा नविन घर्तीमगरले सम्पादन गरेका हुन् । उक्त भिडियोमा लोमश शर्मा र जुना एसडीले अभिनय गरेका छन् ।
गायनमा जम्दै गरेका गायक टेकेन्द्र बोहरा टेलिसिरियलमा पनि काम गरिरहेका छन् । उनले टेलिसिरियलसँगै पछिल्लो समय यस ‘डाँडै काट्यौ र माया’ बोलको गीत ल्याएको बताए । गीतमा माया प्रेमका भावना समावेश गरिएको उनले बताए ।
प्रतिक्रिया