कृष्ण रेउलेको ‘कुरै खल्लास’ गीतले चर्चा बटुल्दै

काठमाडौँ । गायक कृष्ण रेउलेको गीत ‘कुरै खल्लास’ ले चर्चा बटुलिरहेको छ । केही दिनअघि उनको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको उक्त गीतले यतिबेला चर्चा कमाइरहेको छ । गीतमा गायक रेउलेलाई अर्की चर्चित गायिका एलिना चौहानले आवाजमा साथ दिएकी छन् । गीतको भिडियोमा नायिका प्रियंका कार्कीको दमदार नृत्यले झनै सुनमा सुगन्ध थपेको गायक रेउलेले बताए । केही दिनअघि सार्वजनिक भएको उक्त गीत युट्युबको ट्रेडिङमा पर्न सफल भएको गायक रेउलेले सुनाए ।

रेउलेको ‘कुरै खल्लास’ गीतमा उनी आफैँ र गायिका एलिनासहित रेशम पुनले आवाजमा साथ दिएका छन् । गीतमा मञ्जित पुनको शब्द र ऋषी खड्काको संगीत रहेको छ । गीतको भिडियोमा नायिका प्रियंका कार्की, विमल अधिकारी, बिक्रम बुढाथोकी, विजय पुन, करिश्मा शाही, जोयम पुन, गायक कृष्ण रेउलेको अभिनय रहेको छ ।

लामो समयदेखि कलाकारितामा होमिएका गायक कृष्ण रेउले गायनसँगै नृत्यमा पनि अब्बल मानिन्छन् । यसअघि पनि उनले दर्जनौँ गीतहरू बजारमा ल्याइसकेका छन् भने ती गीतहरूबाट पनि राम्रै चर्चा पाएको बताए । यसभन्दा अगाडिका गीतले पनि राम्रै चर्चा पाएका थिए’, उनले भने, ‘पछिल्लो यो ‘कुरै खल्लास’ले पनि बजारमा चर्चा लिइरहेको छ, अझै हेरौँ दर्शक–श्रोताहरूले माया गरिरहनुहुन्छ भन्नेमा विश्वास छ ।’

प्रतिक्रिया