काठमाडौँ । बिवाइडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशव्यापी रूपमा बिवाइडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । मे ७ देखि १० अर्थात् वैशाख २४ देखि २७ सम्म क्याम्पेन आयोजना हुने भएको हो ।
यो क्याम्पेनअन्तर्गत ग्राहकले विभिन्न छुटाउनै नहुने अवसरहरू पाउनेछन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात् बिवाइडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने कम्पनीले जनाएको छ ।
मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बिवाइडी एट्टो–३, बिवाइडी डल्फिन र बिवाइडी एम–६ लिन सक्नु हुनेछ र यसका लागि बेस्ट–इन–इन्डस्ट्री भ्यालुएसन प्राप्त गर्न सकिने छ । यसअन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशतसम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।
प्रतिक्रिया