काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बिमा योजना’ बिमितहरूको रोजाइमा परेको छ । आकर्षक सुविधाहरूले भरिपूर्ण भएकोले पनि यो योजना ग्राहकको रोजाइमा परेको हो । यो बिमालेखमा न्यूनतम बिमाशुल्कमै अधिकतम बचत तथा रक्षावरण सुविधा उपलब्ध छ । यो योजनामा भुक्तानी तरिकासमेत लचिलो रहेको छ । यसमा बिमितहरूले २ तरिकाबाट बिमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।
कम्पनीका अनुसार पहिलो, बिमितले बिमा गर्ने बेलामा नै एकमुष्ट बिमाशुल्क भुक्तानी गर्न सक्नेछन् । अर्को, तरिकाचाहिँ बिमा अवधिभर किस्ता–किस्तामा बिमाशुल्क तिर्दै जाने हो । यसमा बिमितले त्रैमासिक, अर्धवार्षिक र वार्षिक भुक्तानीका विकल्पहरू रोज्न सक्नेछन् ।
यो बिमा योजनामा बिमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ४ किसिमका सुविधा प्राप्त गर्न सक्छन् । जसअन्तर्गत बिमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता, बिमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण सुविधा प्राप्त गर्नेछन् । बिमालेख चालु रहेको अवस्थामा बिमितको दुर्घटनाबाट मृत्यु भएको खण्डमा बिमांक रकमको दोब्बर रकमसम्म आश्रितले एकमुष्ठ भुक्तानी प्राप्त गर्न सक्नेछ ।
प्रतिक्रिया