काठमाडौं । केई नेपालले आफ्नो बहुप्रतिक्षित वार्षिक कार्यक्रम ‘केई एक्सचेन्ज कार्निभल २०८२’ को घोषणा गरेको छ । आफ्ना इलेक्ट्रिक गाडीहरू, ई–क्युट ०२, ई–क्युट ०४, र एक्स–३ प्रो इभीमा अविश्वसनीय अफरहरू सहितको यो मेगा एक्सचेन्ज कार्यक्रम यही २०२५ मे ९ देखि ११ (अर्थात् २०८२ वैशाख २६ देखि २८ गते) सम्म थापाथलीस्थित केई सोरुम छेउ (हुन्डाई सोरुम अगाडि) आयोजना हुँदै छ ।
कम्पनीका अनुसार ग्राहकहरूले यस एक्सचेन्ज योजनाअन्तर्गत आफ्नो पुरानो गाडीको (जुनसुकै ब्रान्डको भए पनि) तत्काल उत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । छनोट गरिएका मोडेलहरूमा बृहत् बिमा सुविधा, सडक कर कभरेज र आकर्षक एक्सचेन्ज बोनसजस्ता थप लाभहरू पनि समावेश छन् । हरेक ई–क्युट गाडीको बुकिङमा ग्राहकले ‘बोस जेट कार वासर’ र एक्स–३ प्रो गाडीको बुकिङमा ‘बोस वासिङ मेसिन’ उपहार स्वरूप प्राप्त गर्नेछन् । एक्स–३ प्रो एसयुभीको सुरुआती मूल्य ४३ दशमलव ९६ लाख रुपैयाँ रहेको छ र ग्राहकहरूले यसमा कुल ६ दशमलव शून्य ५ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । नेपालमा, केई गाडीहरूको वितरण जिओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी प्रालिले गर्दै आएका छन् ।
प्रतिक्रिया