काठमाडौँ । टिकटकले नेपालमा आफ्ना कलिला युजरहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवद्र्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ । उक्त फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर–किशोरी) को टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन् । जसले गर्दा उनीहरूलाई सेफ्टीसम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्ने टिकटको दाबी छ ।
कम्पनीका अनुसार फ्यामिली पेयरिङ फिचर सुरु गर्नका लागि टिकटकको ‘सेटिङ एन्ड प्राइभेसी’ मेनुमा गएर क्युआर कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ । एकचोटी अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन् ।
फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल–बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभवअनुसार मिलाउन सक्नेछन् ।
प्रतिक्रिया