नेपालको फाईनल यात्रा तय

cricket1काठमाडौं, २० चैत । एसीसी ट्वान्टी २० कपको सेमिफाईनलमा यूएईलाई हराउँदै नेपालले ऐतिहासिक जीत हात पारेको छ । करिव २० हजार दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदानमा नेपालले आजको जीतसंगै पहिलो पटक एसीसी ट्वान्टी २० कपको फाईनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३३ रन जोडेको थियो । जितका लागि १३४ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेटको क्षतिमा पुरा गरेको थियो ।  नेपालको जितसंगै दर्शकहरु पनि नेपालको पक्षमा नारावाजी गर्दै बाहिरिएका थिए । आजको खेलमा पनि प्रदीप ऐरीले अर्धशतक बनाएका थिए । नेपाली खेलाडीको ब्याटिङका अगाडि यूएई निकै कमजोर सावित भयो ।
पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई खेल हेर्न त्रिवि मैदान पुग्नुभएको थियो । उनले समयमै बजेट निकासा नहुँदा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउन नसकिएको बताएका थिए ।

प्रतिक्रिया