एसएमएल इसुजुको आधिकारिक विक्रेतामा लक्ष्मी ग्रुप

काठमाडौँ । एसएमएल इसुजुले नेपालका लागि एक मात्र आधिकारिक बिक्रेताको रूपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस तथा ट्रकहरू निर्माण गर्दै आएको छ । नेपाली भू–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल इसुजुका सवारी साधानहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको छ ।


एसएमएल इसुजुको आधिकारिक बिक्रेता भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रमक बजार बिस्तार तथा सुदृढीकरण लागी सदैव तत्पर रहने जनाएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत ७ वर्षदेखि एसएमएल इसुजुका सवारी साधान बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अझै विस्तार गर्दै लैजाने यस कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।

प्रतिक्रिया