काठमाडौं । शिक्षक आन्दोलन आज १२औँ दिनमा जारी छ । नेपाल शिक्षक महासंघको आयोजनामा गत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज १२औँ दिन पनि जारी भएको हो ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन। उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै छन् । शिक्षकहरुले यो आन्दोलन प्रायः शान्तिपूर्ण नै गर्दै आएका छन् ।
प्रतिक्रिया