काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार, सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा स्वास्थ्य सेवा लिँदा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई प्रवद्र्धन गर्न तथा ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया