चित्तवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले राजहंस अटोमोबाइलमार्फत चित्तवनमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट ३ दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको हो ।
चित्तवनबाट निकै रुचाइएको दिपल इभीहरूको विक्रीवितरणलाई औपचारिक रूपमा सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चित्तवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलीप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस–०७ एल र दिपल ई–०७ लाई सार्वजनिक गरे ।
प्रतिक्रिया