रियलको जितमा एम्बाप्पे नायक

म्याड्रिड । केलियन एमबाप्पेको २ गोल सहयोगमा रियल मड्रिडले स्पेनिस ला–लिगामा लेगेनासमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा रियलले लेगेनासमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।

पहिलो हाफको ३२औँ मिनेटमा केलियन एमबाप्पेको पेनाल्टी गोलमा रियलले सुरुआती अग्रता बनाएको थियो । त्यसको १ मिनेटमा नै डियगो गार्सियाको गोलमा लेगेनासले बराबरी गोल फर्कायो । पहिलो हाफको ४१औँ मिनेटमा डानी रवाको गोलमा लेगेनासले रियलविरुद्ध अग्रता दोब्बर पारेको हो ।

पहिलो हाफमा २–१ ले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । खेलको ४७औँ मिनेटमा जुड बेलिंघमको गोलमा रियल खेलमा फर्कियो । खेलको ७६औँ मिनेटमा एमबाप्पलेको गोलमा रियलले ३–२ को जित दर्ता गरेको हो । एमबाप्पले रियलका लागि ३३ गोल गरिसकेका छन् ।

जितसँगै रियलले ला–लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । लिगको २९ खेलबाट १९ खेलमा जित, ६ खेलमा बराबरी र ४ खेलमा हार भोगेको रियल ६३ अंकमा दोस्रो स्थानमा छ । रियलभन्दा १ खेल कम खेलेको बार्सिलोनाको २० खेलमा जित, ३ खेलमा बराबरी र ५ खेलमा हार भोग्दै ६३ अंकमा नै तालिकाको शीर्ष स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा रियल सोसिडाडले रियल भल्लाडोलिडमाथि २–१ को जित दर्ता गरेको छ । अर्को खेलमा रायो भालेकानोले डिर्पोटिभ एलाभेसलाई २–० गोल अन्तरले पाखा लगायो । शनिबार रातिकै खेलमा स्प्यानोल र एथलेटिको मड्रिडले १–१ को बराबरी गर्दै अंक बाँडे ।

यसैगरी, ब्राइटन एन्ड होब एल्बियनलाई पराजित गर्दै नटिंघम फरेस्ट ३४ वर्षपछि एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति एमेरिकन एक्सप्रेस स्टेडियममा भएको क्वार्टरफाइनलमा टाइब्रेकरमा ब्राइटनलाई ४–३ ले पराजित गर्दै नटिंघम विजयी भएको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोलरक्षक मार्ट सेल्स नायक बने । उनले २ प्रहार विफल पारे । नटिंघमका लागि कप्तान रायन एट्ले गोल गरेपछि नटिंघम सन् १९९१ पछि एफए कपको सेमिफाइनलमा पुगेको हो ।
शनिबार राती भएको अर्को खेलमा फुलहाममाथि ३–० को फराकिलो जित निकाल्दै क्रिस्टल प्यालेस एफए कपको अन्तिम ४ मा पुगेको छ ।
क्राभन कटेजमा भएको खेलमा क्रिस्टल प्यालेसले फुलहाममाथि सहज जित निकालेको हो । एफए कपको क्वार्टरफाइनलमा आइतबार म्यानचेस्टर सिटी र एएफसी बर्नमाउथ भिड्नेछन् । अर्को खेलमा एस्टोन भिल्लाले प्रिस्टोन नर्थ एन्डको सामना गर्नेछ ।

वायरन म्युनिखको जित

लेरोय सानेको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि होडलाई थप बलियो बनाएको छ । शनिबार राति भएको खेलमा बायर्नले एसटी पाउलीमाथि ३–२ को जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । बायर्नको जितमा सानेले २ तथा ह्यारी केनले १ गोल गरे । पहिलो हाफको १७औँ मिनेटमा माइकल ओलिसको क्रसमा ह्यारी केनको गोलमा बायर्नले सुरुआती अग्रता बनाएको थियो । तर, खेलको २७औँ मिनेटमा एलियास साडको गोलमा पाउली खेलमा फर्किएको थियो ।

खेलको ५३औँ मिनेटमा सानेको गोलमा बायर्नले पुनः अग्रता बनायो । सानलेले माइकलकै पासमा गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । ७१औँ मिनेटमा केनको पासमा सानेले गोल गर्दै बायर्नलाई ३–१ को अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा लार्स रितिज्काले गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
जितसँगै बार्यनले शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । २७ खेलबाट ६५ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ । दोस्रो स्थानको बायर लिभरकुसेनको समान खेलबाट ५९ अंक छ ।

प्रतिक्रिया