पर्सा । पर्सागढी नगरपालिका १ का २३९ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको छ । वडा ९ को एकटांगामा शुक्रवार एक विशेष कार्यक्रम गरी सो निस्सा वितरण गरिएको हो ।
वडा ९ का वडा अध्यक्ष रामचढाई यादवको अध्यक्षता एवं भूमि आयोगका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक आरती भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भूमि आयोगले गरिब निमुखाको हकमा काम गर्ने बताए ।
उनले भूमिहीन वलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या र समाधानको अभियानलाई पर्सागढीबाट सुरुआत भएको छ । निस्सा वितरण पश्चात् नाप नक्सा गरी छिट्टै लालपूर्जा वितरण कार्यमा भूमि आयोगले लाग्नु अर्यालले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि भूमि आयोगका पस अध्यक्ष तबरेज अहम्दले निस्सा वितरणपश्चात भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा वितरण कार्यमा सहज हुने जानकारी दिए। निस्सा वितरणको केही दिनमै नाप नक्सा, स्थलगत अवलोकन तथा कानुनी प्रक्रिया पूरा गरी १५ असारसम्ममा लालपूज वितरण गरिने लक्ष्य रहेको अहमदले बताए ।
उनले पर्सागढी जस्तै अन्य पालिकामा पनि तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिए । अहमदले पर्साका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन आफ लगनशीलताका साथ कार्य गरिरहेको बताउँदै आयोगबाट आउने कर्मचारीहरुलाई वडाले सहयोग गरी सहजीकरण गरिदिन अनुरोधसमेत गरे ।
यसैगरी भूमि आयोगका केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि आरती भण्डारीले पर्साका सुकुम्बासीहरूको समस्या समाधानको लागि पर्सा आयोगले गरेको कामकारवाहीको प्रशंसा गरिन्। उनले कानुनी जटिलतालाई समाधान गरी नेपालभरिका सुकुम्बासीहरुलाई जग्गा वितरण गरिने बताइन् । उनले ढिला नगरी पर्साका सम्पूर्ण पालिकाका सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य गरिने जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पूर्वनगरप्रमुख लोकनारायण यादव, नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, सचिव राकेश झा, जसपाका युवा नेता सुरज मानन्धर लगायतकाले धारणा राखेका थिए। कार्यक्रममा भूमि आयोग पर्साका सदस्य सन्तोष पासवान, शिवनारायण राम, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण जसपा पसौका सचिव उमेशलाल सहनीले गरेका थिए ।
पर्सा
प्रतिक्रिया