ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

काठमाडौँ । ज्योति विकास बैंकले ४ देखि १० चैतसम्म मनाइएको ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल मनी विक २०२५ को मुख्य नारा ‘थिंक बिफोर यू फलो, वाइज मनि टुमरो’भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखाहरूमार्फत देशका विभिन्न ठाउँहरूमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरू आयोजना गरेको हो ।

बैंकले डिजिटल माध्यम र सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको छ । यस अभियानमार्फत करिब १ हजार जनाभन्दा बढी व्यक्तिहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

प्रतिक्रिया