कुलमानले बुझाए मन्त्रिपरिषद्लाई स्पष्टीकरण, के छ स्पष्टीकरणमा ? (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण बुझाएका छन् । यही फाुगन २१ गते मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४ बुँदामा मागेको स्पष्टीकरण निर्देशक घिसिङले आइतबार बुझाएका हुन् । घिसिङले १६ पृष्ठ लामो सफाइ पत्र ऊर्जा मन्त्रालयमा बुझाएका हुन् ।

मन्त्रिपरिषद् बैठकले २१ गतेको निर्णय अनुसार कुलमानलाई ४ बुँदामा सफाइ पेस गर्न मौका दिएको उल्लेख गरेको थियो । सोही अनुसार ऊर्जा मन्त्रालयले २२ गते पत्र पठाउँदै स्पष्टीकरण मागेको थियो ।

कुलमानले १६ पृष्ठको सफाइ पत्रमा गत वर्षको कार्यसम्पादन प्रतिवेदन पेस नगरी मन्त्रालय र उनीबीच ०७८ माघ ५ गते भएको कार्यसम्पादन सम्झौताको शर्त उल्लंघन गरेकोले सम्झौता अन्त्य गरी नियुक्ति रद्द नगर्ने भन्ने प्रश्नको ७ बुँदामा जवाफ दिएका छन् ।

त्यसैगरी उनले भारत–नेपाल ऊर्जा व्यापारबारे सहमतिपत्रमा गरेको हस्ताक्षरबारे पनि सातै बुँदामा जवाफ दिएका छन् । यस्तै कुलमानले डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा मन्त्रालयको निर्देशन नमानेको भन्ने मन्त्रालयको प्रश्नमा ७ बुँदाबाट आफ्नो सफाइ बुझाएका छन् ।

यस्तो छ कार्यकारी निर्देशक घिसिङको स्पष्टीकरणको पूर्णपाठ

प्रतिक्रिया