काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । शुक्रवार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो ।
हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो ।
चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।
तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी
प्रतिक्रिया