सिरहा । सिरहाको नवराजपुरकी रिंकुकुमारी सदाको सामुहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई केहीबेर अघि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् ।
बिहानीपख ३ बजे मात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामुहिक बलात्कार भएको बयान दिएकी थिइन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुण्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् ।
प्रतिक्रिया