काठमाडौं । थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेको छ । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।
सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । बबरमहलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।
याे पनि : मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न (तस्विरहरू)
– मेलम्चीको पाइप फुट्दा सडकदेखि अदालतसम्म प्रभावित
– बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो
-बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सकियो
–बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम (तस्विरहरू)
प्रतिक्रिया