एमएडब्लु इभी कार्निभल सुरू

काठमाडौँ । नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आइतबारबाट इभी कार्निभल सुरू गरेको छ । काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरुबाट इभी कार्निभल सुरु गरेको हो ।
बुधबारसम्म चल्ने इभी कार्निभलमा ग्राहकहले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्नेछन् । एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, निशूल्क सात किलोवाट चार्जर र एसेसोरिज, शून्य सडक कर र अटोप्लस इन्स्योरेन्स पाउनेछन् ।

ग्राहकले आठ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको उचित मुल्यांकन गरिने कम्पनीले जनाएको छ । साथै, हरेक दिन बुकिङ गर्नेमध्ये एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा निशुल्क नाइट स्टे सुविधा पाउने छन् ।

प्रतिक्रिया