काठमाडौँ । एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रूपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् । ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्युअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जिबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन् ।
यो अफर बिहीबार (फागुन १५) देखि लागू भएको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैँ अन रिन्यूअल प्याक हालै मात्र सञ्चालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो । यो बोनस अफर एस्ट्रिक्स १२३ ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूको लागि मात्र मान्य हुनेछ ।
‘म्याजिक रिसोर्सेज’ बोनस अफरअन्तर्गत, सधैँ अन रिन्युअल प्याक, होम एन्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्छन् ।
प्रतिक्रिया