नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४०औँ वर्षमा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४०औँ वर्षमा प्रवेश गरेको छ । यस ३९औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले समस्त ग्राहक, संस्थापक, सेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालाहरूलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्वपूर्ण योगदान रहेको बताए ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवाहरूलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताउँदै डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरू प्रस्तुत गरिरहने जानकारी दिए ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरू प्रकाशन गर्दै आएको छ । यस ३९औँ वार्षिकोत्सवमा पनि बैकले आफ्नो सातौँ संस्करण ‘डिजिटल बैंकिङको जादु’ नामक चित्र पुस्तक सार्वजनिक गरेको छ । उक्त चित्रकथाको एउटा महत्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरूलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरूको प्रयोग गर्न प्रेरित गराउनु रहेको छ ।

३९औँ वार्षिकोत्सवमा बैंकले ग्राहकहरू माझ नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ । जुन खाता ग्राहकले ३९ रुपैयाँ मौज्दातमै खोल्न सक्नेछन् भने यसमा ९ रुपैयाँमा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रुपैयाँमा भर्चुअल प्रिपेड कार्ड सुविधा, ३९ रुपैयाँमा डेबिट कार्ड सुविधा, ३९ रुपैयाँमा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९ प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया