काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न गरेको छ । संरक्षक राजेश काजी श्रेष्ठको विशेष उपस्थितिमा साधारणसभा काठमाडौँमा सम्पन्न भएको हो । सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको बिस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको बताइएको छ ।
कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवाल, नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष मनोजकुमार ज्ञवालीलगायत प्रतिष्ठित संघ सदस्यहरूको उपस्थिति थियो । ११औँ वार्षिक साधारणसभाको अवसरमा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।
प्रतिक्रिया