महाशिवरात्रीमा चन्द्रागिरीले दियो केवलकारमा ५० प्रतिशत छुट

काठमाडौं । महाशिवरात्रीमा चन्द्रागिरीले केवलकारमा ५० प्रतिशत छुट दिएको छ । बुधबार पर्न गएको महाशिवरात्रीको अवसरमा भालेश्वर महादेव दर्शनसँगै विशेष भक्तिमय उत्सव तथा महाआरतीको तयारी सुरु भएको र साँझ ४ देखि ९ बजेसम्म केवलकार टिकटमा ५० प्रतिशत छुट दिएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न हुन लागेको महाशिवरात्री विशेष भक्तिमय उत्सवको भव्यताका साथ तयारी सुरु भएको छ ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुने बताइएको छ । साथै, साँझ ५ बजेपछि विशेष महाआरती हुने चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया